नवलपुरमा दुई वटा बस ठक्कर खाँदा १५ जना घाईते
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ कोलटाँडीमा दुई वटा बस एक आपसमा ठक्कर १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख २१३१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु १ ख ६५६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा परी घाइते ११ जनाको अवस्था मध्यम र बाँकी ४ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
