ढुंगा खसेर लाग्दा १ महिने शिशुको निधन




नवलपरासी, ९ पुस । घडेरी खार्दा खसेको ढुंगा घरभित्र पुगेर लाग्दा १ महिने शिशुको मृत्यु भएको छ भने आमा घाईते भएकी छन् ।

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. २ मा लु १ क ४२२३ नं. को जेसिबीले घडेरी बनाउन खन्दै गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




गौंडाखोला जमुनेबाँधमा शोभा परियारको घडेरी खन्ने क्रममा अन्दाजी ५० मिटर तल रहेको पहलसिंह परियारको घरमा ढुंगा पुग्दा घरभित्रै बालकलाई तेल लगाएर सेक्दै गरेकी आमा र बच्चामाथी ढुंगो बजारिदा शिशुको घटनास्थलमै मृत्यु भएको हो भने २२ बर्षीया ज्योती परियार घाईते भएको प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले बताए ।

घाईतेको मध्यबिनदु जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...