बौदीकालीमा जिप दुर्घटना ९ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ६ मधुकोटको भित्र सडक खण्डमा लु १ ज २७१६ नम्बरको महेन्द्र जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ¬दलदलेबाट बोबक तर्फ जाँदै गरेको महेन्द्र जिप अचानक ब्रेक फेल हुन गई दुर्घटना हुँदा जीपमा सवार ११ जना मध्ये ९ जना घाइते भएका हुन् ।
घाइते मध्ये ४ जनाको स्थानीय मेडिकल र ५ जनाको भरतपुरमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।