काङ्ग्रेस चितवनले पौष १३ गते जिल्लाभर प्रदर्शन गर्ने


 



 

केशव तिवारी, चितवन । नेपाली काँग्रेस चितवनले यहि पौष १३ गते सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमको बिरुद्धमा जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । शुक्रबार  पार्टी कार्यालय कमलनगरमा सम्पन्न जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतीहरु, प्रदेश सभापतिहरु र नगरसभापतीहरुको बैठकले संघिय, क्षेत्रीय स्तरको प्रदर्शन गर्ने निर्णय गरेको काङ्ग्रेस चितवनका  सचिब उत्तम जोशीले जानकारी दिए।




उनका अनुसार सरकारले चालेको असंबैधानीक कदम, अलोकतान्त्रीक कदम र सर्बसत्ता बादी सोचको बिरुद्धमा तीन वटै क्षेत्रमा एउटै समयमा प्रदर्शन गर्न लागिएको हो । संघिय क्षेत्रीय आयोजनामा हुने प्रदर्शनमा सबै भातृ संस्था, शुभेच्छुक एबं चितवन बासि सबैलाई उपस्थितिका लागि काङ्ग्रेस चितवनले अनुरोध गरेको छ । काङ्ग्रेसका केन्द्रीय कार्यक्रम अनुसार सबै क्षेत्रमा दिउँसो १ वजे आयोजना गरिने सो प्रदर्शनमा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मेलमिलाप दिवसको अबसरमा पौष १६ गते प्रबचन कार्यक्रम गर्ने निर्णय समेत गरेको जोशीले जानकारी दिए । नेपाली काङ्ग्रेस चितवनको आयोजनामा जिल्ला समन्वय समितिको हलमा विहान ११ः३० वजे हुने कार्यक्रममा काङ्ग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य वद्रि पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



सम्बन्धित
Loading...