रेडिमेड कपडा पसलमा आगलगी


महोत्तरी,११ पौष । जलेश्वर नगरपालिका वार्ड नं २ दुर्गा चोक (मालपोत जाने कॉर्नर) स्थित पशुपति रौनियारको नयाँ बन्दै गरेको घरमा गत साता मात्र खोलिएको रेडिमेड कपड़ा पसलमा आगलगी भएको छ ।



जलेश्वर २ कै महेन्द्र पासमानको छोरा किशोर पासमानले खोलेको उक्त पसलमा आगलगीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलगी भएको हुन सक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन ।

प्रहरीले जाचबुझ पछि मात्र आगलागीको बास्तविक कारण खुल्न सक्ने बताएको छ ।राति करीब ११ बजे पसल भित्रबाट धुवा निस्कन थालेपछि चोक मैं ड्यूटी बसेको प्रहरीले सहयोग जुटाएको थियो ।




आगलगी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियंत्रणमा लिईएको हो ।



सम्बन्धित
Loading...