कावासोतिमा ११ दिने पत्रकारिता तालीम तथा क्षमता बिकास तालीम सम्पन्न
राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपुरको आयोजना तथा कावासोति नगरपालीकाको सहयोगमा संचालीत ११ दिने पत्रकारिता तालीम तथा क्षमता बिकास तालीमको आज समापन भएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपुरका अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षता एबं गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी गाहाले पत्रकारिता तालीम लिएका हरेक सहभागिले तालीमलाई व्यबहारतह प्रयोग गर्नका लागि आग्रह गर्नुभयो । उहाले संबिद्यानले दिएको व्यबस्थाका आधारमा दलित समुदायका मानिसहरुको स्तर राज्यतहमा पुगेको भएपनि यत्तिले मात्र पर्याप्त नहुने बताउनुभएको थियो । उहाले नया पुस्तालाई केहि उर्जाशिल भएर अगाडी बढ्न र सम्रग समुदायको प्रतिनिधीत्व गर्नका लागि सहभागिहरुलाई सुझाब दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वडा न ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले दलितमाथी भएको बिभेदको अन्त्य गर्नका लागि सबै सरकोरवाला पक्षहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कावासोति नगरकार्यपालीका सदस्य गिता बि क ले दलित समुदायका मानिसहरुको अझैपनि आर्थीक स्तर न्युन नै रहेकोले सिपमुलक तालीममा जोडदिनुपर्ने धारणा व्यक्त गर्नुभयो । आफु पनि आर्थीक अबस्था कमजोर रहेकै कारण पढ्न पाएको भन्दै त्यस्ता परिवारका बालबालीकाहरुलाई बिद्यालय तहमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सो अबसरमा कावासोति ११ का वडाअध्यक्ष , राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य राजेश सुनाम , वडासदस्यहरु , प्रत्रकारहरुको आतिथ्यता रहेको थियो ।
११ दिने तालीममा सहभागि भएकाले निकै नै तालीम फलदायि रहेको बताएका थिए । यस्ता तालिमहरु अझैपनि संचालनमा ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रमको संचालन सस्थाका सचिब गंगा बिश्वकर्माले गर्नुभएको थियो ।