उद्योग बाणिज्य महासंघ गण्डकी निर्वाचन सम्पन्न
नवलपुरका पौडेल जिल्ला–नगर उपाध्यक्षमा बस्याल सदस्यमा
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । महासंघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।
८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत मत कोईरालाको पक्षमा परेको हो भने अर्का उम्मेदवार हरिओम शर्मा लामिछानेको पक्षमा २६ प्रतिशत मत आएको छ ।
यस्तै, जिल्ला–नगर उपाध्यक्षमा ओम प्रसाद पौडेल, उपाध्यक्षमा एशोसिएट र बस्तुगतमा मोति प्रसाद पौडेल, कोषाध्यक्षमा श्रवण कुमार जोशी, सदस्यहरुमा जिल्ला–नगरबाट लिलाबहादुर अधिकारी, धर्मराज बस्याल, मंगल प्रसाद श्रेष्ठ, उतमकुमार कर्माचार्य, युवराज राजभण्डारी, एशोसियट सदस्यमा सुर्यबहादुर भुजेल चयन भएका छन् । अध्यक्ष बाहेक अन्य सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशको उद्योग बाणिज्य महासंघमा नवलपुरका ओमप्रसाद पौडेल जिल्ला–नगरको उपाध्यक्ष तथा धर्मराज बस्याल सदस्यमा निर्वाचित भएका हुन् । पोखरामा आज भएको अधिबेशनमा नवलपुरबाट पौडेल र बस्याल प्रदेश समितिमा चयन भएका हुन् । पौडेल नवलपुर उद्योग बाणिज्य संघबाट र बस्याल देवचुली उद्योग बाणिज्य संघबाट जिललाबाट सर्बसम्मत उम्मेदवारी बनेका थिए । उनीहरु अधिबेशनमा पनि सर्बसम्मत भएका हुन् ।