बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त
संखुवासभामा नेकपा बिप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच चैनपुर ४ मा गोली हानाहान भएको छ ।
विप्लबका हतियार सहितका कार्यकर्ता रहेको विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोली चैनपुरको मैदानेमा पुगेपछि भिडन्तको स्थिति सिर्जना भएको जनाईएको छ । बिप्लब समूहका कार्यकर्ताले शुरुमा प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रतिबादमा प्रहरीले जवाफी फायरिङ गरेको प्रहरी स्रोतको दावी छ । पूर्ण विवरण आईसकेको छैन ।