रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुरको सहयोगमा धादिङ्गमा २५० घरधुरीका लागि खानेपानी धाराको शिलान्यास


रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुर चितवनले धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँ पालिका बडा नं ४, गैरी पुर्सु भन्ने ठाउँमा पुरै गाउँ बस्तीलाई समेट्ने गरि करिब २५० घर धुरी ( १२५० ब्यक्ति ) मा एक घर एक धारा निर्माण गर्ने उदेश्य राखी क्लबको अग्रसरतामा ज्वालामुखी गाउँ पालिका वार्ड नं ४ को स्थानिय सरकार संगको सहकार्यमा स्थानिय सरकार बाट तेत्तीस लाख (३३,००,०००.००) , रोटरी क्लब अफ नारायणी मिड टाउनको ग्लोबल ग्र्यान्ट अन्तर्गत एक करोड पैंतीस लाख ( १,३५,००,०००.००) र स्थानिय जनश्रमदान बाट सोह्र लाख (१६,००,०००.००) गरी जम्मा रु. एक करोड चौरासी लाख ( १,८४,००,०००.००)को आर्थिक सहयोगमा उक्त आयोजना सम्पन्न गर्ने गरि डिस्ट्रीक ३२९२ नेपाल, भुटानका गभर्नर रोटरियन राजिब पोख्रेल र ज्वालामुखी गाउँ पालिकाका अध्यक्ष बिनोद राज तिमिल्सिनाको संयुक्त बाहुली बाट आयोजना निर्माणको सिलान्यास गरिएको छ ।



आयोजनाका स्थानिय उपभोक्ता समितिका अध्यक्ष श्रीराम शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष तिमिल्सिनाले काम सम्पन्न पश्चात् पनि आयोजनालाई निरन्तरता दिन स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोग हुने वचन बद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा वार्ड नं ४ का अध्यक्ष कृष्ण बहादुर गुरुङले पनि सो आयोजना सम्पन्न गर्न हरतरह बाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आयोजनाका लागि ठुलो धनराशी जुटाएकोमा रोटरियनहरु प्रती आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा रोटरी क्लब अफ मिडटाउनका service project chair बिराट घिमिरे, पुर्ब अध्यक्ष भरत मल्ल , IPP आशिष भण्डारी, क्लबका अध्यक्ष यामनाथ दनैले सम्बोधन गर्नुभएको थियो ।



सम्बन्धित
Loading...