दुई लाख खर्च तिर्न नसक्दा अस्पतालबाट निस्किन पाएन्न बिरामी 




केही दिन अघि गुल्मी भएको अटो दुर्घटनाका घाइते भएका एक किशोर २ लाख भन्दा बढी अस्पतालको खर्च रकम तिर्न नसकेर अस्पताल कै निगरानीमा बस्न बाध्य भएका  छ्न ।

गत शुक्रवार साझ गुल्मीको दुबिचौरमा अटो दुर्घटना हुदा दुई जनाको ज्यान गएको थियो भने ३ जना घाइते मध्ये एक जना अझै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा छ्न ।




रेसुङ्गा नगरपालिका २ का १६ बर्षिय  सुनिल बिक सो अस्पतालमा अलपत्र परेका हुन ।

उनका बाबू सहबिर बिक भन्छ्न छोराको डिस्चार्ज हिजो नै गरिएको हो तर २ लाख १० हजार नतिरे सम्म्म बाहिर निस्किन दिएन्न ।

उनी तम्घास कै रेसुङ्गा माबिका सुरक्षा गार्ड भएको नाताले त्यस माबिका प्रधानध्यापक प्रेमनारायण भन्डारीले सुरु मै २० हजार दिएर पठाए । फेरि ३४हजार ५सय पठाए ।

घाइतेका बाबू बिक भन्छ्न बिध्यालयले मलाइ ठूलो गुन लगायो तर अरु निकायले हेरेनन , २ लाख त परै जाओस १० हजार तिर्ने उपाय सम्म छैन म सङ्ग ।

त्यस बिध्यालयका प्र अ भन्डारी भन्छ्न जिल्लामा कुनै जिम्मेवार निकाय नभएको महसुस भएको छ । सबै जुटेर चन्दा उठाउदै उनको उद्धार गरौ म पनि थप रकम दिन तयार छु ।

https://www.youtube.com/watch?v=7XaiapKfLFc&t=31s

घाइते सहितका कामदार तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटवर्क ब्यबसायको तारजाली बिच्छाउने काम गौडाकोट गएका थिए उनिहरुलाइ लिन अटोलाइ क्षेत्रीले नै पठाएका थिए ।

त्यो अटो तम्घास भगवती मन्दिर नजिक घर हुने सोनु नेपालीले दुबिचौरका तेजेन्द्र बहादुर रानालाइ दुई महिना अघि नै बेचेका थिए । तर उनको दुर्घटनामा मृत्यु भयो । उनको परिवारको पनि बिचल्ली छ । अटो बिमा नगराइएका कारण मृतकका परिवार र घाइतेहरु समस्यामा परेका हुन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारि रुद्रादेवी शर्माको  ध्यानकृष्ट गराउदा भोलि   सरोकारवाला निकाय बिच छलफल गरि उनको उद्धारमा जुट्ने बताइन ।

पृतम क्षेत्रीको परिवारले पनि आज सहयोग स्वरुप ३५ हजार घाइते बिकको बाबुलाइ पठाएको छ ।

प्रजिअ शर्माले जिल्लाका कर्माचारिहरुले पनि सहयोग गर्ने अपेक्षा राखिन ।  सबै पक्षको सहयोगका लागि उनले अपिल समेत गएएकी छन ।

https://www.youtube.com/watch?v=VPosq9IfElU



सम्बन्धित
Loading...