अदालतको निर्णय मान्छौ– शेरवहादुर देउवा
दुई तिहाईका कारण अदालत केही डराएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय मान्य हुने बताएका छन् ।
संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै गरेको बिरोध प्रदर्शनमा उनले अदालतको निर्णय स्वीकार्य हुने बताएका हुन् ।
संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ को प्रदर्शनमा सम्बोधन गर्न पुगेका देउवाले कांग्रेसले अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् भनेर कहिल्यै नभनेको र अदालतले गर्ने फैसला संबिधानको मर्म र भावना अनुसार नै आउनेमा आफु बिश्वस्त रहेको बताए ।
उनले कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको जस्तो देखिएको टिप्पणी गरेका छन् ।