कम्युनिस्ट हरुले जनता सङ्ग भोट माग्ने हैसियत गुमाइसके – चितवन काङ्ग्रेस सभापति श्रेष्ठ


चितवनः   कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कुन समूहमा जाने भनेर अलमलमा परेका नेकपाका कार्यकर्तालाई बेलैमा कांग्रेस प्रवेश गर्न आग्रह गरेका छन् । उनले भनेका छन्— “अव पनि अलमलमा पर्ने बेला छैन, कम्युनिष्टहरुले जनतासँग भोट माग्ने हैसियत गुमाएका छन् तसर्थ आउनुहोस् सबै अट्ने पार्टी नेपाली कांग्रेस हो ।”



भरतपुरको चौविसकोठीमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष श्रेष्ठले प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधानमाथि नै प्रहार गरेको जिकिर गरे ।
उनले यो परिस्थिति नेकपाकै कारण उब्जिएकोले नेपाली कांग्रेसले नेकपाको कुनै पनि पक्षसँग मिलेर आन्दोलन नगरेको यो शक्ति कांग्रेसकै भएको दावी गरे ।


अध्यक्ष श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ चुनाव क्षेत्र खोज्न सुझाएका छन् । उनले भने–“ प्रचण्डजी मेरो क्षेत्र भनेर अब फेरी चितवन नआउनु, उबेला कांग्रेसलाई दिएको धोका भुलेका छैनौँ । बरु अर्कै निर्वाचन क्षेत्र खोज्नु, अव चितवनका सबै निर्वाचन क्षेत्र कांग्रेसले नै जित्छ ।”



सम्बन्धित
Loading...