लाइसेन्स अनलाइन फाराम खुल्यो
आवेदन दिनेको चाप भएकोले वेव साइट नखुल्ने समस्या
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम आजदेखी खुलेको छ।
चैतदेखि बन्द भएको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।
अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको हुँदा अब नियमित परीक्षा हुने पनि भुसलाले बताएका छन् ।
मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था बिभागले गरेको छ ।
लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको छ ।