“ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ


लागुऔषध “ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।



विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ इत्रामखोलाका २४ वर्षीया शान्ति सिंह र उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।

उनीहरुलाई १४ ग्राम ९७० मिलिग्राम ब्राउन–सुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।




प्रहरीले कोठा खानतलासी गर्दा बुहारीको कोठाबाट पाँच ग्राम १७० मिलिग्राम र सासुको कोठावाट नौ ग्राम ८०० मिलिग्राम लागुऔषध र २१ हजार ५ सय रुपैंया नगद बरामद गरी लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण सम्बन्धमा अनुसन्धान थालेकोे छ ।



सम्बन्धित
Loading...