वालिङमा शुरु भयो जग्गाको डिजिटल नापी




स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं.१ बाट डिजिटल प्रबिधिबाट जग्गाको नाप शुरु भएको छ । नगर प्रमुख दिलिपप्रताप खाँणले वडा नं. १ को मझुवामा जग्गाधनी, नापीका कर्मचारी लगायतको उपस्थितिमा नापी कार्यको उद्घाटन सहित शुभारम्भ गरेका छन् ।

नाप जाँच कार्य जिल्लाका अन्य ठाउँमा पनि गरिने जनाईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने नापी टोलीका प्रमुख ज्योति शाहले बताईन् ।




‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको भनाई छ ।

विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुले ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख शाहले बताईन् ।

 



सम्बन्धित
Loading...