डिभिजन वन कार्यालय अगाडि वैज्ञानिक बन संजाल उत्रियो प्रदर्शनमा
कावासोती ।
काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजालले नवलपुरको राजमार्गमा प्रदर्शन गरेका छन्। वैज्ञानिक बन संजाल नवलपुरको अगुवाईमा सरकारले प्रतिबन्ध गरेको काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् ।
कावासोती थकालीचोकबाट सुरू भएको (याली फलफुल चोकमा रहेको डिभिजन वन कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए । गत जेठमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अर्को ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधु बिलास अधिकारीले सरकारले नेपालको काठ दाउरामा प्रतिबन्ध गरेर विदेशबाट काठ आयात गर्न खोजेको आरोप लगाए ।
नवलपुरमा ५० वटा वैज्ञानिक वन रहेका छन् ।