यी मन्त्रिपरिषद बैठकका १७ निर्णय (सूचीसहित)
काठमाडौँ– सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
शुक्रवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ । बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन(तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।
मन्त्रिपरिषद्ले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए ।
यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय
https://drive.google.com/file/d/15aWIlDSKfrwQcosp_d6zTqPYciznJzUt/view
