ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरमा श्रेष्ठ
नवलपुर । ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरको शुक्रबार कावासोतीमा भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रेणु भण्डारी, सचिवमा रामु अधिकारी, सहसचिवमा दुर्गाराम महतो, कोषाध्यक्षमा सन्तोष सिग्देललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा बलबहादुर गुरुङ, निरजबहादुर विक, शिवप्रसाद घिमिरे, सन्तोष राना, धनश्याम राना र अंमरजंग थारुलाई चयन गरेको छ ।
नुमाकान्त भुसालको अध्यक्षतामा भएको अधिवेशनमा भरत देवकोटाले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।
ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरमा नवलपुरका १ सय ७० जना स्टील तथा ग्रील व्यवसायीहरु आवद्ध रहेका छन् ।
