प्रचण्ड नेपाल समूहले गरे नवलपुरका अगुवा कार्यकता भेला, संसद पुनस्थापनाको विकाल्प छैन, नत्र देशमा विध्वंश हुन्छः भुसाल




नवलपरासी, २० पुस ।

नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले संसद पुनस्थापनाको विकल्प नभएको बताएका छन् ।
उनले भने – अब प्रचण्ड– ओली कस्को पछाडि लाग्नु भन्दा हाम्रो सामु अब दुई वटा बाटो छ । त्यो भनेको संसद पुनस्थापना वा ध्वंस ? त्यसैले संसद पुनस्थापनाको विकल्प छैन ।




प्रचण्ड–नेपाल समूहको नेकपा नवलपुरका आयोजनामा भएको जिल्ला स्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सोमबार नेकपाका नेता घनश्याम भुसालले पार्टी एकता, देशको बचाउ सबैको लागि संसद पुनस्थापनाको विकल्प नभएको बताएका हुन् ।

उनले संसद पुनस्थापना नभए देशमा विध्वंश मच्चिने चेतावनी समेत दिए । उनले भने संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउने कुरा हो ?

प्रशिक्षण भेलामा भुसालले राष्ट्रपतिले फूलबुट्टा भरेर स्वीकृत गर्नुभएको प्रतिनिधि सभा बिघटन संबिधान बिपरित भएको दावी गरे ।

पूर्व मन्त्री रहेका नेता भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको अन्य सबै मन्त्री विपक्षमा रहेको समेत उनले खुलासा गरे ।

नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताए । ओलीले आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखी नै हावी हुदा समस्या सिर्जना भएको खुलासा भुसालले गरेका छन् ।

उनले संसद पुर्नस्थापना हुनेमा बिश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । संसद पुर्नस्थापना पछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने भुसालले जिकिर गरे ।

पार्टी विभाजन पछि नवलपरासीमा पनि ओली र प्रचण्ड नेपाल दुवै समूहले शक्ति प्रदर्शन, भेला प्रशिक्षण शुरु गरेका छन् ।



सम्बन्धित
Loading...