मध्यविन्दुका अपाङ्गता भएकालाई २१ थान टाइसाइकल र ह्वली चियर वितरण


सालिकराम भट्टराई –



नवलपरासी, २२ पुस । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा बुधबार ह्वील चियर प्रयोगकर्ता अपाङ्गता भएका २१ जनालाई टाइ साइकल र ह्वली चियर वितरण गरिएको छ ।




अपाङ्ग पुनस्थापना समन्वय परिषदको आयोजना राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज काठमाडौंको सहयोग र मध्यविन्दु नगरपालिकाको प्राविधिक तथा वितरण सहयोगमा टाइ साइकल र ह्वली चियर वितरण गरिएको हो ।

ह्वील चियर र टाइ साइकल वितरण गर्दै मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको जीवन स्तर उकास्नका लागि जीविकोपार्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

सागर लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका भित्र भएको अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको हो ।

 



सम्बन्धित
Loading...