शिव माविका किशोरीलाई रोटरीको आत्मरक्षा तालिम


कावासोतीः
रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा ७ दिने छात्राहरुको आत्म–सुरक्षा तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ ।
शिव माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भोजराज दाहालको अध्यक्षतामा समापन भएको हो । कार्यक्रममा कावासोती नगरपालिका वडा नं २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथिको रुपमा रहेका थिए।
रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले स्वागत मन्तव्य रहेको कार्यक्रममा ७ दिने आत्म रक्षा तालिमका प्रशिक्षक तथा ब्ल्याक बेल्ट सुरज सापकोटाले ७ दिनमा भएको गतिविधिबारे प्रकाश पारेका थिए ।  उक्त ७ दिने तालिममा सहभागी ४५ जना छात्रा विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।
कार्यक्रममा उपस्थित अतिथि बक्ताहरुले अहिलेको समयमा भइरहेको लैंगिक हिंसाको सिकार महिला वर्गहरु भइरहेकोमा यस्तो प्रकारको तालिम सरकारी तवरबाट हुनुपर्नेमा यस प्रकारको तालिम रोटरी क्लब तथा रोट्रयाक्ट क्लवले सफतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद व्यक्त गरेका थिए । आउने दिनहरुमा पनि यसरी नै समाज क्षेत्रमा उदारणिय कार्य गर्न हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको कुरा रोट्रयाक्ट क्लव अफ कावासोतीका मीडिया संयोजक धन राज थापा मगरले बताए ।





सम्बन्धित
Loading...