रेडियो दाउन्ने ११ औं बर्षमा
बर्दघाट । दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाट पश्चिम नवलपरासीको १० औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिबेशन मंगलबार शिवालय मन्दिर बर्दघाटको सहभाहलमा भएको छ ।
सस्थाका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले समाज रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना, समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष पाण्डेले प्रस्तुत गरेका थिए भने लेखा प्रतिबेदन लेखा संयोजक दिपक ढकालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सस्थाकी कोषाध्यक्ष कमला शर्माले १७ लाख ३६ हजार ९ सय ५ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । नयाँ नेतृत्व चयनका लागि भने माघ २४ गतेलाई मिति तय गरिएको छ ।
https://www.youtube.com/watch?v=ZAMpX5F_X0s