वाग्ले वैद्य माओवादीबाट निस्काशित, परियारलाई कारबाहीको सिफारिस




नवलपुर, माघ ३ । मोहन वैद्य ‘किरण’नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले पार्टी जिल्ला सदस्य युवराज वाग्लेलाई पार्टीबाट निस्कासित भएको छ ।

क्रान्तिकारी माओवादी नवलपुरको जिल्ला सचिवालय समितिको बैठकले वाग्लेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ ।




पार्टी संगठन विपरित गतिविधि गरेकोले वाग्लेलाई निस्काशित गरिएको क्रान्तिकारी माओवादीको नवलपुर सेक्रेटरी उत्तम थापाले जानकारी दिनुभयो ।

यस्तै, क्रान्तिकारी माओवादीको गण्डकी प्रदेशको बैकल्पिक सदस्य अनिल परियारलाई पनि कारबाही गर्न प्रदेश कार्यालयलाई सिफारिस गरिएको थापाले जानकारी दिनुभयो ।

पार्टीभित्र गुटबन्दी, आर्थिक रुपमा भ्रष्ट, सांगठनिक तथा सांस्कृतिक रुपमा समेत विचलन आएकाले परियारलाई कारबाही गर्न प्रदेश कार्यालयलाई सिफारिस गरिएको सेक्रेटरी उत्तम थापाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

https://www.youtube.com/watch?v=aDy4eWKbMzI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1



सम्बन्धित
Loading...