संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनस्थापना अनिवार्यः डा. शशांक




नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुर्नःस्थापना हुनु पर्ने बताएका छन ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली काङ्ग्रेस देवचुलीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोईराला यस्तो बताएका हुन ।




प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाउदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको बताए । सत्तरी वर्षको संघर्ष पछी बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि काङ्ग्रेस सडकमा आउनु परेको कोइरालाको भनाई थियो ।

यसैबीच नेपाली काङ्ग्रेसको केन्द्रिय समितिले निर्णय गरे अनुसार शनिबार पुर्वी नवलपरासीको ८ वटै पालिकामा शनिबार विरोध प्रदर्शन गरिएको छ ।

मध्यविन्दु नगरपालिकाको चोरमारामा भएको बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवम् मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले पाँच वर्षको लागि जनताले दिएको जनमतलाई लत्ताएर ताजा जनमतको कुरा गर्नु हास्यास्पद भएको बताए ।

सभालाई सम्बोधन गर्दै उनले भने – “यो कुखुरा र खशीको मासु हो र ?, ताजा र बासी हुनलाई । यो जनताले दिएको मत हो पाँच वर्षको लागि” । उनले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै महामारीको समयमा संघिय सरकारबाट हुनुपर्ने न्यूनतम कामहरु प्नि वर्तमान सरकारले पुरा गर्न नसकेको बताए ।

बिरोधसभामा नेपाली कांग्रेस महासमिति सदस्य राजकुमार महत्तोले चुनावमा गए नेपाली कांग्रेसले बहुमत ल्याउने प्रष्ट भएपनि कांग्रेस संविधान रक्षाको लागि प्रतिनिधि सभा पुर्नः स्थापनाको माग सहित सडकमा आएको बताए ।

नेपाली कांग्रेस नवलपुर जिल्ला सदस्य उदयराज अर्यालले विगतमा दुई वटा कम्युनिष्ट पार्टी मिलेर अब पचास वर्ष सरकार चलाउछौं भन्नेहरु तिन वर्षपनि टिक्न नसकेको बताए ।

कार्यक्रममा जिपी फाउण्डेसन गण्डकी प्रदेशका संयोजक चेतन पौडेल, नेपाल महिला संघ नवलपुरका सभापति विमला सापकोटाले मन्तव्य राखेका थिए ।

चोरमारा बजारबाट शुरु भएको बिरोध ¥याली फुलबारी पुगेर पुनः चोरमारा आएर कोणसभामा परिणत भएको थियो ।
जिल्लाको गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदीकालीको डेढगाउँ र विनयी त्रिवेणीको सर्दिमा पालिका स्तरीय प्रदर्शन सम्पन्न भएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए ।

https://www.youtube.com/watch?v=qJpVaVwht7w&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=5



सम्बन्धित
Loading...