समावेशी सहकारीको १२ औं साधारण सभा
सुनवल । पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टीमा रहेको समावेशी बहुउद्दश्यीय सहकारी संस्थाका १२ औँ बार्षिक साधारण सभा सुनवल ५ बनकट्टीमा शनिबार भएको छ ।
सहकारीका अध्यक्ष लोकप्रसाद श्रेष्ठको अध्यक्षता एवम् लेखा परीक्षक हिमानसिँह केसीको प्रमुख आतिथ्यतामा साधारण सभा भएको थियो ।
साधारण सभामा अध्यक्ष श्रेष्ठले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामप्रसाद सुवेदीले ३४ लाख ९० हजार बराबरको आर्थिक प्रस्तुत गर्दै आर्थिक बर्ष ०७६/७७ मा संस्थाले १२ हजार ५४ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको जानकारी दिए ।
लेखा समयोजक हेमराज गुरुङले लेखा समयोजकको प्रतिवेदन प्रस्तुत गर्दै सस्थाको शेयर सदस्य संख्यामा बृद्धि गर्दै सेयर पुजी बृद्धि गर्ने र बहुउद्देस्यीय कार्यहरु गर्ने लक्ष्य लिएको बताए । कमली रोक्का मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव कृष्ण प्रसाद काफ्लेले गरेका थिए ।
https://www.youtube.com/watch?v=Hu7DSVnLnyI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1

