भ्रष्टचार विरोधी प्रदर्शन गर्ने २१ जना मानवअधिकारकर्मी पक्राउ


नवलपरासी, ८ माघ । भ्रष्टचारको अभियोग लागेका मन्त्री रविन्द्र अधिकारीको बर्खास्ती र अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शनमा उत्रिएका २१ जना मानवअधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी सल्लाहकारहरु होमकान्त चौलागाई, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार हुनेहरुमा काठमाण्डौ शाखा का.वा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदैव अधिकारी, वि.पी पौडैल, ईश्वरी नैपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महत हुनुहुन्छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा अधिकारकर्मीहरुले ठूला नेता मिलेका ः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहारः साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार ः मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।





सम्बन्धित
Loading...