आप्रवासी कामदार हकहित संरक्षण मञ्चको छैठौ साधारण सभा




नवलपुर । आप्रवासी कामदार हकहित संरक्षण मञ्च बर्दघाट सुस्तापूर्व नवलपरासीको मंगलवार छैठौ साधारण सभा सम्पन्न भएको छ ।

हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक स्व.सुरवीर स्थापितको धर्मपत्नी शर्मिला स्थापित श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सहभागिहरुले आप्रवासी कामदारको हकहितका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।




कार्यक्रममा वैदेशिक रोजगारीमा गएका त्यहा समस्यामा परेका तर समयावधि सहित विविध समस्याका कारण नेपाल सरकार वा प्रर्वद्धन वोडबाट पाउनुपर्ने कुनै पनि आर्थिक सहयोग नपाएका परिवारका वच्चाहरुलाई छात्रवृतिको लागि सहयोग गर्ने रामचन्द्र भण्डारी, शुशिल कुमार श्रेष्ठ, चेतन पौडेल, मोहन भुसाल र कल्पना श्रेष्ठ क्षेत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै आप्रवासी कामदार हकहित संरक्षण मञ्चलाई स्थापना गर्न देखि विविध क्षेत्रमा पुर्याउनुभएको सहयोगको सम्झनामा हिमालयन सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक स्व. सुरविर स्थापितलाई मरणोप्रान्त सम्मान धर्मपत्नी शर्मिला स्थापित श्रेष्ठलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई छात्रवृतिका लागि दश हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

https://www.youtube.com/watch?v=7oX-qmo96Fc&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1

कार्यक्रममा आप्रवासी कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष युवलाल तिवारीले प्रगति र कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाले वैदेशिक रोजगारीको कारण विद्यालय जान नसकेका वालवालिकाहरुको सहयोगका लागि एक रुपौया अभियान,समिति भित्रका सदस्यहरुको क्षमता अभिवृद्धिको लागि तालिमको सञ्चालन, थानेश्वर भुसाल बचाउ अभियानमा सहयोग जस्ता विविध कार्यक्रम गरिसकेको छ । त्यस्तै अगामि दिनमा प्रर्वदन बोडवाट गर्ने आर्थिक सहयोग स्थानिय सरकार मार्फत प्राप्त गर्ने वातावरणको सृजना गर्नको लागि स्थानिय पालिकाहरु संग सम्पर्क समन्वय गर्ने सहित सस्था संचालनर्थ कोष वृद्धिको लागि आर्थिक सहयोगको लागि पहल गर्ने लगाएका कार्ययोजना बनाएको सस्थाले जनाएको छ ।

वैदेशिक रोजगारीले सिर्जना गरेको समस्या न्यूनिकरणको लागि प्रयास, स्वेदशमा नै रोजगारीको सृजना गर्न सरकारलाई ध्यानाकर्षण गर्न, वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरु र वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुको सदस्याहरु सहभागि भएर २०७१ सालदेखि नवलपरासी जिल्लामा काम गर्दै आएको छ ।

नवलपुर क्षेत्रमा भने विगत दुई वर्ष देखि जिल्लाका सरकारी कार्यालय, स्थानिय तहहरु विभिन्न संघसस्था सहित हिमालय सामुदायिक विकास मञ्च र सुरक्षित आप्रवासन परियोजना संग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

https://www.youtube.com/watch?v=T75zmAcwzeU&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...