नेकपा नवलपुर जिल्ला कमिटि सदस्य सहित ८ जना नेपाली काँग्रेसमा प्रबेश


नवलपुर–



नेकपा नवलपुर जिल्ला कमिटि सदस्य सहित ८ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । कावासोती नगरपालिका वडा नं. २ का नेकपाका कार्यकर्तालाई काँग्रेसले आज औपचारीक कार्यक्रम गरी पार्टी प्रबेश गराएको हो ।




आज बिहीवार बिहान बिपी चोकमा रहेको काँग्रेस नवलपुरको पार्टी कार्यालय तथा बिपी स्मृति भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली) ले क्रियाशिल सदस्यता प्रदान गरे ।

नवप्रवेशीलाई नवलपुर नेपाली कांग्रेसका सभापति एवं प्रदेश सांसद बिष्णुप्रसाद लामिछाने, प्रदेश सांसद ओमकला गौतम (चालिसे) पुर्व संबिधानसभा सदस्य महेन्द्रध्वज जिसी लगायत स्थानीय नेता कार्यकर्ताले उमंगका साथ खादा–अविर सहित स्वागत गरेका छन् ।

नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले दिएको टिपोर्टमा देबीकुमारी न्यौपाने सहित लक्ष्मीप्रसाद भण्डारी, रामप्रसाद अर्याल, रामाकान्त भण्डारी, टिकाराम अर्याल, नेत्रप्रसाद काफ्ले, गोबिन्दप्रसाद अधिकारी र बलभद्र अधिकारी सहित आठ जना पार्टी प्रबेश गरेका हुन् । नवप्रबेशी सबै कावासोती २ का हुन् ।



सम्बन्धित
Loading...