श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको पक्षमा दृढतापूर्वक संर्घष : महासंघ




नवलपरासी ।  क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको पक्षमा दृढतापूर्वक संर्घष गर्ने जनाएको छ । महासंघको सोमवार बर्दघाटमा बसेको बैठकले श्रमजिवी ऐन कार्यान्वयन गर्न दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

महासंघले कोभिडको मारमा संचालन हुन नसकेकाका स्वरोजगारमुलक संचारमाध्यमहरुलाई क्षतिपूर्ति दिन सरकार माग गरेको जिल्ला अध्यक्ष संजय तिवारीले बताए ।




हामीले वर्तमान परिस्थितिको मुल्याँकन सहित पेशागत एंव जनअधिकारको पक्षमा संर्घष गर्ने निर्णय लिएका छौ –तिवारीले भने– प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो संर्घष केन्द्रीत रहन्छ ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघलाई साझा बनाउन सर्बसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने बताउदै त्यसका लागि पहल गर्ने निर्णय गरेको तिवारीले बताए ।

जिल्ला शाखालाई सर्बसम्मत बनाउनका लागि संगठनको तर्फबाट जिल्ला सल्लाहकार बोल्गा नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

त्यस्तै माघ र फागुन महिनमा सदस्यता नवीकरण तथा विस्तार गर्ने, धुब्रीकरणलाई जोड दिने र विचार मिल्ने संगठनहरुसंग कार्यगत एकता गरेर संयुक्त कार्यक्रम गर्ने लगायतका कार्यक्रम बनाएको महासंघले जनाएको छ ।

बैठकमा नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी सेक्रेटरी चोलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जनपक्षीय पत्रकारहरुले संसदीय ब्यवस्था बिरद्ध संर्घष गर्नुपर्ने बताए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव प्रदेश संयोजक रवि पाण्डेय, जिल्ला उपाध्यक्ष बाबुराम गिरीलगायतले धारणा राखेका थिए ।

https://www.youtube.com/watch?v=OlGTb7G1PXg&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...