राजनीतिक निकासबारे कावासोतीमा भोलि अन्तरक्रिया हुने
नवलपुर, माघ १४ गते ।

गत पुस ५ गतेको संसद विघटनपछि विकसित घटनाक्रम र राजनीतिक निकासका सन्दर्भमा भोलि बिहीवार कावासोतीमा अन्तरक्रिया हुने भएको छ ।
सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा स्वतन्त्र विश्लेषकहरुको उपस्थितिमा वृहत्त अन्तरक्रिया गर्न लागिएको आयोजक ‘भ्रष्टाचारविरुद्ध संयुक्त अभियान’ नवलपुरले जनाएको छ ।
‘भ्रष्टाचार, राजनीतिक अस्थिरता र अबको निकास’ विषयमा सर्वपक्षीय छलफल आवश्यक भएकोले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको भ्रष्टाचार विरुद्ध संयुक्त अभियानका संयोजक प्रेम न्यौपानले बताउनुभयो ।
संघीय गणतन्त्र नेपालको स्थापनापछिको राज्यको पुर्नसरचनापछि गठन भएको बहुमतको सरकारबाट संसद विघटन गरिएपछि राजनीतिक तिक्तता झनै बढिरहेको छ ।
विपक्षी नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड–माधव नेपालसमूह, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुका साथै नागरिक समाज लगायतले संसद विघटनको विरुद्धमा सडक आन्दोलन गर्दै आएका छन् ।
