दाउन्ने दुर्घटना: मोटरसाईकल चालकको मृत्यु एक जना गम्भीर घाईते
नवलपुरः

नारायणगढ–बुटवल मुख्य मार्ग अन्तरगत दाउन्नेमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार एक जना गम्भीर घाईते छन् ।
बुधवार भएको दुर्घटनामा कन्चनपुर जिल्ला पुनर्बास ६ का वर्ष ३३ का रमेश अर्यालको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
यस्तै, बर्दघाट ९ की २९ बर्षकी तुलसी कंडेल गम्भीर घाईते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको से ६ प ८६७९ नं. को मोटरसाईकललाई सोही दिशावाट जाँदै गरेको ना ३ ख ४०९ नं. को ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।