बुटवलमा प्रचण्ड–माधव पक्षको प्रर्दशन शुरु




बुटवल १५ माघ ।
प्रधानमन्त्री केपी ओलिले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध आज बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले शक्ति प्रर्दशन गर्न शुरु गरेको छ ।

सो पार्टीले बुटवलमा विरोध प्रर्दशन र सभा गर्दै छ । अहिले बुटवलमा विरोध प्रर्दशन शुरु भएको छ ।




बुटवलको गोलपार्क, जितगढी तथा राजमार्ग चौराहाबाट प्रर्दशन शुरु भएका छन ।

प्रर्दशनको नेतृत्व पार्टीका केन्द्रीय नेताहरुले गरेका छन । राजमार्ग चौराहाबाट शुरु भएको प्रर्दशनको नेतृत्व पार्टीका नेता घनश्याम भुसालले गरेका छन । विरोध प्रर्दशन पछि पुष्पलाल पार्कमा विरोध सभा हुदै छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेता घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।



सम्बन्धित
Loading...