नगरप्रमुखद्वारा परासीमा बस पार्कको शिलान्यास
नवलपरासी । बस पार्कको अभावमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सडक किनारामा यत्रतत्र गाडीहरु रोकनु पर्ने समस्यको समाधानका लागि सदरमुकाम परासीमा बसपार्क निर्माणको आवश्यकतालाई पुर्ती गर्ने गरी बस पार्क निर्माणको काम अगि बढेको छ ।
रामग्राम नगरपालिका (परासी) को वार्ड नम्बर ४ स्थित केरवानीमा बस पार्क निर्माणको योजना अगी बढने क्रममा केरवानीमा बस पार्क निर्माणका लागि तय गरिएको स्थानमा शुक्रवार रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बस पार्कको शिलान्यास गर्नु भएको रामग्राम नगरपालिकाका ईन्जीनियर सतिश गुप्ताले बताउनु भएको छ ।
रामग्राम नगरपालिका र संघिय सरकारको संयुक्त लागतमा बन्न लागेको उक्त बसपार्कको लागत जम्मा लागत ५ करोड ६५ लाख रहेको ईन्जीनियर गुप्ताले बताउनु भएको छ । २ विगाहा क्षेत्रफलमा फैलिएको बस पार्कको निर्माणको ठेक्का समिर कन्सट्रक्सन परासीले लिएको छ ।
२ विगाहा क्षेत्रफलमा बन्न लागेको उक्त बसपार्कमा पहिलो चरण बस पार्कको कम्पाउण्ड भित्र माटो फिलिङ्ग, टिकट काउण्टर, यात्रुका लागि वेटिङ्ग रुम, गार्ड भवन, शौचालयको निर्माण कार्य हुनेछ भने दोस्रो चरणमा गाडीहरुको पाकिङ्गका लागि पार्किङ्ग स्थल, रिङ्ग रोड, फुटपाथ, वृक्षारोपण र शौचालय लगायतका निर्माणहरु हुने रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनु भयो ।
जिल्लाको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रामग्राम नगरपालिका रहेको भए पनि परासीम स्थायी बसपार्क नहुँदा परासी बजारको बुद्धचोकमा अव्यस्थित सवारी साधनहरुको पार्किङ्गले बजार कुरुप र अव्यस्थित बन्ने गरेको थियो ।
पहिलो चरणमा उक्त अत्यावस्यक संरचनाहरु बन्ने भए पनि दिर्घकालिन रुपमा २७ करोड रुपियाका लागतमा दिर्घकालिन रुपमा अत्याधुनिक बस पार्कको निर्माण गरिने र दिर्घकालिन रुपमा बन्ने बस पार्कमा छोटो र लामो दुरीका सवारी साधनहरुका पार्कीङ र गाडीको प्लेटफार्म समेत अलग अलग बनाईने बताईएको छ ।
टाडाबाट आउने यात्रीहरुका लागि ब्यावस्थित यात्रु आवास, विश्राम कक्ष, खाना खानका लागि ब्यवास्थित भोजनालय, स्नान गृह, विद्युतीकरण, हरियाली पार्क लगाएतका संरचना क्रमशः बनाउदै जाने योजना रहेको नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनु भयो ।
लामो समय देखि स्थाई बसपार्क नहुदा समस्यामा परेका परासीबसी अब बसपार्क बन्ने भएपछि परासीबासिमा खुसियाली छाएको परासीका स्थानिय बासी संजिव कोईरालाले बताउनु भएको छ ।
