क्रियाशिल पत्रकार महिला नवलपुरकाे नयाँ समिति गठन
शारदा झेडी मगर – कावासाेती । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले आज नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
सस्थाकी निवर्तमान अध्यक्ष धनु भुसालको अध्यक्षतामा सम्पन्न भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको अध्यक्षमा ज्ञानु पङ्गेनी, उपाध्यक्षमा शारदा झेडी मगर, सचीवमा राधिका भुसाल, र कोषध्यक्षमा मिनाक्षी कंडेल चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा माया कंडेल, एलिना केसी, गंगा विश्वकर्मा चयन हुनु भएको छ ।
कार्यक्रम कुमारवर्ती बहुमुखी कलेजमा सम्पन्न भएको थियो ।
