राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी


२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।





सम्बन्धित
Loading...