नवलपुर र चितवनको ग्रिल व्यवसायीबीच छलफल




कावासोती । चितवन र नवलपुरका ग्रील तथा स्टील व्यवसायीबीच शुक्रबार कावासोतीमा छलफल भएको छ ।
ग्रिल तथा स्टील व्यवसायी संघ नवलपुरको आयोजनामा कावासोतीमा छलफल भएको हो ।

छलफलले चितवनका व्यवसायीहरु नवलपुरमा काममा आउँनु पर्ने अवस्था र नवलपुरका व्यवसायीहरु चितवन काममा जानु पर्ने अवस्था रहेको कारण एक अर्काबीच समन्वय र समझदारी गरेर काम गर्ने, एक अर्काको अप्ठेरोमा सहयोग गर्ने लगायतका विषयमा छलफल भएको ग्रिल तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।




ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठ र चितवन मेटल इन्जिनियरिङ्ग फ्रेब्रीकेटर समिति चितवनका अध्यक्ष प्रेम कार्कीको नेतृत्वमा रहेको टोलीबीच शुक्रबार कावासोतीमा छलफल भएको हो ।

छलफल पछि चितवन र नवलपुरका व्यवसायलाई मर्यादित बनाउनका लागि केही सहमति समेत भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

https://www.youtube.com/watch?v=OlGTb7G1PXg



सम्बन्धित
Loading...