देवचुली नगरपालिकाकाे साताैं नगरसभाबाट दुई विधयक पास




देवचुली । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकाकाे साताैं नगरसभा दुई वटा विधयक पास गर्दै सकिएकाे छ।

नगर सभामा जलश्राेत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्राेत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधयक २०७७ पास भएकाे हाे ।




विधयक समितिका संयाेजक दिनेश भुषासले पेश गरेकाे विधयक सर्वसम्मत पास भएकाे हाे ।

त्यसैगरी उपप्रमुख पार्वता तिवारीले पेश गरेकाे २०७७ साउनदेखि पाैष मसान्तसम्मकाे आर्थिक तथा प्रगति विवरण पनि सर्वसम्मत पास भएकाे थियाे ।

सभा नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।



सम्बन्धित
Loading...