मध्यविन्दु नगरपालिकाको आठौं नगरसभाबाट पुरक बजेट पारित




कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाको आठौं नगर सभा आईतबार सम्पन्न भएको छ । सभाले अर्ध वार्षिक समिक्षा र पुरक अनुमान वजेट पारित गरेकोे छ ।

पुरक बजेट नगरपालिका उपप्रमुख ओम कुमारी महतोले प्रस्तुत गरेका थिए । आठौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि संसोधन सहित अनुमानित चार करोड ७८ लाख २१ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट अनुमोदन गरेको छ ।




चालु खर्च तर्फ एक करोड पाँच लाख रुपैया र पुँजीगत खर्च तर्फ तिन करोड दुई लाख ६३ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट प्रस्तुत भएको होे ।

नगर प्रमुख चन्द्रवहादुर रानाको अध्यक्षतामा भएको नगर सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गरेका थिए ।



सम्बन्धित
Loading...