देवचुलीमा १ सय ७० जना जेष्ठ नागरिकलाई सम्मान
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १० का १ सय ७० जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको छ ।
समाजमा इतिहासका रुपमा हेरिँदै आएका ७० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाइ वडाको नव निर्मित भवनमा सम्मान गरेको हो ।
देवचुली १० मा पुरुष तर्फ १०९ वर्ष उमेरका मोतिलाल पौडेल र महिला तर्फ १०८ वर्षकी रुपा पाण्डेको समेत सहभागिता रहेको थियो ।
वडाले पुरुष तर्फ ७९ र महिला तर्फ ९१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान कदर गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । सम्मानका क्रममा ज्येष्ठ नागरिकहरुलाई खादा, पछ्यौरी, छाता तथा यातायात खर्च सहित सम्मान गरिएको छ ।
साथै देवचुली १० को नयाँ वडा कार्यालय भवन समेत यहि फाल्गुन ७ गते समुद्घाटन गर्ने वडा अध्यक्ष केशर आलेले जानकारी दिए ।
https://www.youtube.com/watch?v=6wkFPGoGudo
