कावासोतीमा सञ्चालित एक्सेस माईक्रो स्कलरसिप प्रोग्राम सम्पन्न




शारदा झेंडी मगर –

नवलपुरको कावासोतीमा सञ्चालित एक्सेस माईक्रो स्कलरसिप प्रोग्राम सम्पन्न भएको छ । सन् २०१९ अगस्तमा अमेरिकन दुतावास र नेल्टाको सहकार्यका भएको कार्यक्रम आज मंगलवार भर्चुअल कार्यक्रम गरी समापन भएको हो ।




नवलपुरका लागि एक्सेस प्रोग्रामका फोकल पर्सन तिर्थ कंडेलका अनुसार कावासोतीका बिभिनन वडाका ७ वटा बिद्यालयका ४० जना बिद्यार्थी एक्सेस माईक्रो स्कलरसिप प्रोग्राममा सहभागी भएका थिए । यो अवधिमा उनीहरुलाई अङ्ग्रेजी भाषा, कम्प्युटर शिक्षा, नेतृत्व बिकास र सामाजिक कार्य जस्ता सन्दर्भमा सिकाईएको फोकल पर्सन कंडेलले बताए ।

एक्सेस प्रोग्राममा गरीब, जेहेन्दार, सिमान्त्कृतका साथै आदिवासी जनजाति बिद्यार्थीलाई प्राथमिकतामा राखेर सहभागी गराईएको कंडेलले बताए ।

आज भएको कार्यक्रम समापनमा नेल्टाका वरिस्ठ उपाध्यक्ष एवं रिजनल ईंलिस ल्याङ्वेज अफिसर प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवली, अमेरिकी दूतावासका प्रतिनिधि एवं रेलो कर्टिक्स चान, रेलोका नेपाल प्रतिनिधि बिष्णु गौतम, अभिभावक देबु न्यौपाने, शिक्षक हेमा आले लगायतले बोलेका थिए । भर्चुअल समापनमा सहभागी ८ जना बिद्यार्थीले प्रस्तुति राखेका थिए ।

मुलुकभर ८ वटा केन्द्रमार्फत २ बर्षे कार्यक्रम ५० लाख रुपैंयाको अमेरिकी सहयोगमा सत्तचालित कार्यक्रम हो । बिद्यार्थीका अतिरिक्त क्रियाकलापमा कार्यक्रम फलदायी भएको दावी गर्दै नेल्टा नवलपुरका अध्यक्ष समेत रहेका कंडेलले अब भने स्थानीय तहसँगको समन्वयमा कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको सुनाए ।



सम्बन्धित
Loading...