बर्दघाट नगरपालिकाको सातौँ नगर सभा
बर्दघाट । बर्दघाट नगरपालिकाको चाहना शान्त समृद्ध, समुन्नत र सुन्दर समाजको स्थापना भन्ने मुल नारा सहित पश्चम नवलपरासीको बर्दघाट नगरपालिकाको सातौँ नगर सभा विहिबार भएको छ ।
सातौ नगर सभामा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले गत आर्थिक बर्ष २०७६, ७७ मा कुल बजेट रु ८६ करोड ८७ लाख १४ हजार २ सय ५५ रुपिया भएकोमा सो आर्थिक बर्षमा ६२ करोड ८६ लाख ४३ हजार १ सय २ रुपैया निकासी भई सोही बराबर ७२ दशमलव ५ प्रतिशत खर्च भएको जानकारी गराए ।
कार्यक्रममा चालु आर्थिक बर्ष २०७७, ७८ मा ९६ करोड ८६ लाख १ हजार ५ सय ७० रुपिया बजेट भएकोमा यही माघ २६ गते सम्ममा २८ करोड ९३ लाख २९ हजार ५ सय ५१ रुपिया निकासा भई कुल २९ दशमलव ८७ प्रतिशत खर्च भएको जानकारी गराउदै नगरले चालु आर्थिक बर्षमा ३ करोड १५ हजार आन्तरिक आमदानी अनुमान गरिएकोमा ०७७ पौष मसान्त सम्म १ करोड ३ लाख ८९ हजार २ सय ९३ रुपिया अर्थात ३४ दशमलव ९१ प्रतिशत समग्र आमदानी भएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
https://www.youtube.com/watch?v=RpPRN57IAm0