वालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ  


पप्पु रेग्मी –



बर्दघाट । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको वडा नम्वर १३ मा  एक ११ बषिर्या बालिका बलात्कृत भएकी छिन ।

बर्दघाट नगरपालिकाको वडा नम्वर १३ बस्ने ५५ बर्षिय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।




खेतमा घाँस काट्न गएकी बालिकालाई गत मंगलबार बेलुका करिव ५ बजेको समयमा गाउँकै एक ५५ बर्षिय पुरुष दुर्गा प्रसाद पाण्डेले जबरजस्ती करणी गरेको वालिकाको परिवारीक स्रोतले जनाएको छ ।

बालिकालाई पाण्डेले जबरजस्ती खेतमा करणी गरिरहेकै अवस्थामा स्थानीयले देखेर सोहि दिन स्थानीयले पाण्डेलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएको हो ।

वालिकालाई जिल्लाको सदरमुकाम पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य परिक्षणकालागि लगेको बताईएको छ । स्वास्थ्य परिक्षणको रिपोर्ट के आएको छ ? भन्ने बारेमा परिवारले चासो ब्यक्त गर्दा प्रहरीले रिपोर्ट आई नसकेको बताउने गरेको परिवारले बताएका छन् ।

स्वास्थ्य परिक्षण भएको ४ दिन भै सक्दा पनि स्वास्थ्य परिक्षणको रिपोर्ट नआउदा कतै दवाव र प्रभावका कारण न्याय नपाईने हो की भन्ने चिन्ता लागेको बालीकाकी हजुरआमाले बताएकी छन् ।

ईलाका प्रहरी कार्यालय बर्दघाटले भने बुधबार जबरजस्ती करणीको मुद्धा दायर गरेको जानकारी दिएको छ । दोषी कुनै पनि हालतमा उम्कन नपाउने, सँजायको भागिदार हुने र पीडितले न्याय पाउने प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...