सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पोख्रेललाई दिइने




कावासोती । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ ।

प्रेस युनियन नवलपुरको कावासोतीमा बसेको बैठकले पोख्रेललाई पुरस्कर दिने निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।




२५ हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यही फागुन ७ गते प्रदान गरिने पराजुलीले बताए ।

पत्रकार पोख्रेलले २०५० सालदेखि पत्रकारिता सुरु गरेका थिए । २०५३ सालमा प्रेस युनियन दाङको सस्थापक सचिब भएका पोख्रेल ०५६ सालमा पत्रकार महासंघ दाङको उपाध्यक्ष, २०५९ सालमा नेपाल पत्रकार महासङको केन्द्रिय उपाध्यक्ष, २०६३ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै हाल नेपाल पत्रकार महासङको वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारी कावासोती आउने प्रेस युनियन नवलपुरले जनाएको छ ।

प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका थिए ।

https://www.youtube.com/watch?v=gCueTzsEtis&t=4s



सम्बन्धित
Loading...