देवचुलीमा कावासोतीका एक जना गाजा सहित पक्राउ


कावासोती । पूर्वी नवलपरासीमा प्रहरीले ६ किलोग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।



नवलपुर प्रहरीका अनुसार देवचुली नगरपालिका १० धौलागिरी मार्गको भित्री सडक खण्डमा कावासोती नगरपालिका १५ गोडारका ३५ बर्षीय प्रकाश घिमिरेलाई गाँजा सहित पक्राउ गरेको हो ।

लु ४२ प ६०३६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको हो ।




घिमिरेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।
शिवरात्री नजिकिदै गर्दा नवलपुरमा गाँजा तस्करी बढ्न थालेको छ ।

https://www.youtube.com/watch?v=nUrP3-Ao23M



सम्बन्धित
Loading...