बर्दघाट खानेपानीको साधारण सभा तयारी सम्बन्धि संयुक्त बैठक




बर्दघाट । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारणसभा पूर्वतयारी सम्बन्धि बैठक भएको छ ।

संस्थाको कार्य समिति सल्लाहकार लेखा समिति एंव खानेपानी सुरक्षा टोली सहितको संयुक्त बैठकले फागुन ११ गते हुने साधारणसभालाई ब्यवस्थित बनाउन बिभिन्न निर्णय गरेको उपाध्यक्ष एंव खानेपानी सुरक्षा टोली संयोजक दिपक लम्सालले जानकारी दिए ।




बैठकमा अध्यक्ष धातानन्द बस्याल , कोषाध्यक्ष थुमा बस्यालको आर्थिक प्रतिबेदन माथि छलफल गरी पारित गरिएको छ । त्यस्तै संयुक्त बैठकमा पानीको गुणस्तर परिक्षण प्रतिबेदन बारे समेत अन्तरक्रिया गरिएको थियो ।

संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा कार्यक्रम भएको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिए ।

 

https://www.youtube.com/watch?v=M-5d6VRRrRQ

 



सम्बन्धित
Loading...