हुप्सेकोटका वडा अध्यक्ष कानुङको मृत्युः शोकमा गाउँपालिका बन्द




नवलपुर । पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर कानुङको आज विहान निधन भएको छ । ४५ वर्षीय कानुङको आज विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिईन् ।

मंगरबार खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनी बिहान पिसाब फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए । बेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केही बेरमै मृत घोषणा गरेको थियो ।




गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका उनको मृत्युको शोकमा बुधबार गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिएको छ ।

मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि बिहान गाउँपालिका कार्यालय परिसरमा राखिएको थियो भने दिउँसो शवयात्रा सहित अन्तिम दाहसस्कार गरिएको थियो ।

https://www.youtube.com/watch?v=niqgysrtEl8



सम्बन्धित
Loading...