निर्वाचनको ३ बर्ष वितिसक्दा पनि अझै बुझाएनन् उमेदवारहरुले निर्वाचन खर्च विवरण




नवलपरासी, ७ फाल्गुन ।
प्रदेश र प्रतिनिधि सभाको लागि निर्वाचन भएको ३ बर्ष कटिसकेको छ । तर पूर्वी नवलपरासीमा अझै कतिपय जनप्रतिनिधिहरुले अझै निर्वाचनमा गरेको खर्च विवरण अझै बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेमा ठूला दल भन्दा साना दल र स्वतन्त्र उमेदवारहरु बढी रहेका छन् ।

खर्च विवरण नबुझाउनेहरुमा पार्टी भित्र आर्थिक पारदर्शी हुनु पर्ने कुरा उठाउने तत्कालिन नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टी, संसदीय व्यवस्था नै वेठिक र खर्चिलो संसदीय निर्वाचन प्रणाली भन्दै विरोध गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका पार्टी रहेका छन् ।




नवलपुरमा प्रतिनिधि सभाको २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ४ वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा प्रतिनिधि सभा तर्फ २० जनाको उमेद्वारी परेकोमा ८ जनाले अझै निर्वाचन खर्च विवरण बुझाएको छैन भने प्रदेश सभाको ४ वटा निर्वाचन क्षेत्रमा गरी ४२ जनाको उमेद्वारी परेकोमा १६ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका जिल्ला निर्वाचन अधिकारी ओमनाथ शर्मा ढुंगानाले बताए ।



सम्बन्धित
Loading...