सबै नागरिकलाई निशुल्क कोरोना विरुद्धको खोपः स्वास्थ्य मन्त्री




बर्दघाट । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सबै नेपाली नागरिकलाई निशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार लागि परेको बताए ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहामा पञ्चनगर स्वास्थ्य चौकीको आइतबार शिलान्यास गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई निशुल्क कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउनु रहेको बताए । उनले सबै नागरिकलाई आफ्नो पालोमा खोप लगाउन आग्रह पनि गरे ।




त्यसैगरी मन्त्री त्रिपाठीले सबै पालिकाहरुमा आधारभुत अस्पताल निर्माणमा पूर्णता दिन सरकार लागि परेको समेत बताए ।

नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेको भए पनि स्वतन्त्र राजनीतिक समूहको नाममा स्वतन्त्र बसेका त्रिपाठीले पछिल्लो राजनीतिक घटना क्रम रोचक मोडमा राजनीतिक पुगेको भन्दै दलहरुलाई आन्दोलन नगरी सर्वोच्च अदालतको आदेश पर्खन आग्रह समेत गरे ।

कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख मायादेवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, नेकपा बर्दघाट नगर ईन्चार्ज रुद्र प्रकाश उपाध्याय, नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, मदन आश्रित प्रतिष्ठानका अध्यक्ष यज्ञ प्रसाद खनाल लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई भरतपुरको सहयोगमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकी १५ महिना भित्र निर्माण गरी सक्ने गरी ३ करोड ३० लाख ५५ हजारको लागतमा निर्माण शुरु गरिएको हो ।

बर्दघाट वार्ड नंं ९ का वार्ड अध्यक्ष एवं पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता शिलान्यास कार्यक्रम भएको थियो ।



सम्बन्धित
Loading...