हेलमेट र मास्क नलाउँदा प्रहरी कारबाहीमा अभिनेता विवेक ओवराय
बलिउड अभिनेता विवेक ओवरायलाई मुम्बई पुलिसले जरिवाना तिराएका छन्। बलिउड हंगामाका अनुसार विवेकले भ्यालेन्टाइन्स डेको दिन हेलमेट र मास्कबिना बाइक चलाएको हुनाले कारवाहीमा परेका हुन्।
विवेक र प्रियंका हार्ले डेभिडसनमा मुम्बई सहर घुमेका देखिएका हुन्। विवेकले हेलमेट मात्र होइन, मास्क पनि लगाएका थिएनन्। कोरोना महामारीमा भारतीय सरकारले मास्क अनिवार्य गरेको छ। यस्तोमा मास्क नलगाएर उनले सरकारले बनाएको मापदण्ड तोडे।
