कोरोना भाइरस खोप: कोभिशील्ड ५५ वर्ष माथिका कस्ता मानिसले लगाउने


सरकारले फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरिरहेको छ।



तर बढी उमेर भएका र कुनै रोग वा दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले निर्धक्कसँग त्यस्तो खोप लगाउन मिल्ने हो वा होइन भन्ने विषयमा जिज्ञासा उठ्ने गरेको छ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा खोपमध्ये अहिलेसम्म चार लाख मात्राभन्दा बढी खोप प्रयोग भइसकेको अधिकारीहरूले जनाएका छन्।

त्यसबाहेक नेपालले भारतबाट गत आइतवार मात्रै १० लाख मात्रा खोप खरिद गरेको छ। त्यतिनै मात्रा थप खोप खरिद गर्नका लागि सम्झौता भइसकेको पनि बताइएको छ।



सम्बन्धित
Loading...